खेलाडी शोषण गरेको पाप रमेश सिलवाललाई लाग्यो : कांग्रेस नेता महर्जन
काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीहरूलाई शोषण गरेकै कारण बर्खास्थमा परेको बताएका छन् ।
बुधबार काठमाडौंमा तरुण विभागले साफ च्याम्पियनसिप फुटबल टिमका राष्ट्रिय खेलाडीहरूलाई सम्मान तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले दुई पटकसम्म एमालेको तर्फबाट सदस्य सचिव बनेका सिलवाले खेलाडीमाथि ज्यादती गरेकै कारण बर्खास्थ भएको बताए ।
सिलवालले खेलकुदका नाममा खेलाडीहरूको शोषण गरेको आरोप लगाएका छन् । खेलाडीलाई शोषण गरेको पाप सिलवाललाई लागेको उनले बताए ।
‘खेलुकद नबुझेको मान्छेलाई सदस्य सचिव बनाइएको थियो । रमेश सिलवाल दुई पटक सदस्य सचिव हुनुभयो’, महर्जनले भने, ‘के गर्ने कम्युनिस्टको सरकार थियो । रमेश सिलवालले खेलकुदको नाममा खेलाडीहरूलाई शोषण गरिरहनुभएको थियो ।’
नेता महर्जनले भने, ‘उहाँले कोरोनाको बहाना पनि बनाउनुभयो । खेलकुद प्रतियोगिता गर्नुभएन । विदेशमा चाहिँ भटाभट खेलकुद प्रतियोगिता हुने । हाम्रो नेपालमा खेलकुदका नाममा खेलकुद प्रतियोगिता भनेको जिरो ।’
‘उहाँलाई सजाय स्वरुप नेपाल सरकारले बर्खास्थ गरिदिएको छ’, महर्जनले भने, ‘खेलकुद नबुझेका व्यक्ति रमेश सिलवाललाई सदस्य सचिव बनाएर ठूलो गल्ती भएको छ । गलत भएको छ ।’
उनले भनेका छन्, ‘लामो समयदेखि खेलकुद मन्त्रालय कम्युनिस्टले कब्जा गरेका छन् । त्यस कारण नेपालमा खेलकुदको विकास हुन सकेको छैन ।’
‘यी कम्युनिस्टलाई जनताको माया पटक्कै छैन’, सचिव महर्जनले भने, ‘खेलाडीको माया हुने त झन् पटक्कै भएन ।’
‘खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई एमाले र माओवादीले सम्हालेका छन् । त्यस कारण विदेशमा खेलाडीहरू विदेशमा पलायन हुन बाध्य भएका छन्’, उनले भनेका छन् ।
‘केही खेलाडीहरू आफ्नो परिश्रमले नेपालमा टिकिरहेका छन्’, उनले भने, ‘धेरै खेलाडी विदेश बस्न बाध्य छन् ।’
‘राज्यको नेतृत्व गर्नेहरूले खेलको महत्व बुझेका छैनन्’, उनले भने, ‘विशेष गरेर कम्युनिस्टले खेलकुद बुझेकै छैन ।’
‘म पनि खेलकुदसँग सम्बन्धित व्यक्ति । १२ वर्षदेखि खेलकुदमा सक्रिय छु । खेलकुद परिषदको कोषाध्यक्ष पनि भएँ’, महर्जनले खेलकुदप्रतिको लगाव प्रस्तुत गर्दै भने, ‘जहाँ खेलकुदको पहिचान हुँदैन त्यहाँ राष्ट्रको पहिचान हुँदैन । जहाँ खेलकुदको सम्मान र पहिचान हुन्छ त्यहाँ देशको पहिचान र राष्ट्रको सम्मान हुन्छ ।’
कार्यक्रममा गृहमन्त्री एवम् कांग्रेसका नेता बालकृष्ण खाण, तरुण विभागका प्रमुख एवम् पूर्वमन्त्री शंकर भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया