शेष घलेले मुक्तिनाथमा विष्णुको ठूलो मूर्ति बनाउने, दिए ५० लाख
लेते । मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ ।
मुक्तिनाथ क्षेत्रमा ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ । ढुंगाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइँमा ढुंगाकै मूर्ति कुदेर विष्णु भगवानको मूर्ति बनाउन लागिएको हो ।
विष्णु भगवानको मूर्ति राख्न गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष एवम् अष्ट्रेलियाका धनी व्यक्ति शेष घलेले ५० लाख दिने घोषणा गरेका छन् ।
एनआरएन अमेरिकाका अध्यक्षसमेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए ।
बुद्धमूर्ति अहिले धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णु भगवानको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेको प्रेस नोटमा उल्लेख छ ।
नेपालमा हिन्दु र बुद्ध धर्मालम्बीहरू एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घलेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वान पनि गरेका छन् ।
यो अभियानमा धेरैभन्दा धेरै ब्यक्तिहरूलाई सहभागी गराउन चाहेको घलेले बताएका छन् । उनले एक रुपियाँ अथवा एक डलर किन नहोस्, सबैलाई अपनत्व हुने गरी सहभागी गराउने बताएका छन् ।
विष्णु भगवानको मूर्तिका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्नेछन् ।
एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका मेजर डम्मर घलेले पनि एक लाख रुपियाँ सहयोगको घोषणा गरेका छन् ।
मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेको भनाई थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया