कांग्रेसले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : गोविन्द भट्टराई
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको अहिलेसम्म राजीनामा नमागेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षत्कारमा उनले भने, ‘हाम्रो बैठक पनि बसेको छैन् । पार्टीमा महाअभियोगको बारेमा छलफल नै भएको छैन् ।’
‘न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन्’, उनले भने, ‘बरु न्यायालय पुनर्संरचना गर्नुपर्छ ।’
कांग्रेस नेता भट्टराईले न्यायालयको पुनर्संरचनाका लागि प्रधानन्यायाधीशले मात्रै नभएर सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।
‘केही दिनदेखि न्यायालयको विषयमा प्रश्न उठेका छन्’, उनले भने, ‘न्यायालय सबैले विश्वास गर्ने हुनुपर्छ । यसको प्रतिष्ठा राम्रो हुनुपर्छ ।’
भट्टराईले भने, ‘न्याय पद्धति पारदर्शी हुनुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ । यसमा हामी अहिलेपनि त्यही धारणा राख्छौं । न्यायालयको स्वतन्त्रता, निश्पक्षताप्रति हामी प्रतिबद्ध छौं ।’
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यो विषयमा दलहरू निश्चित रुपमा सहमत भएर अघि बढ्नुपर्छ ।’
‘यो पाटोमा अहिले नै प्रवेश गर्नुपर्छ भन्ने लाग्दैन् । यो विषयमा हाम्रो पार्टीले दृष्टिकोण निर्माण गरेको छैन्’, उनले भनेका छन् ।
‘आजको दिनमा सभापतिले कुनै प्रतिक्रिया दिनुभएको छैन्’, कांग्रेस नेता भट्टराईले भने, ‘अहिले न्यायाधीशहरूले ईजलास बहिष्कार गर्नुभयो, यो नौलो घट्ना हो ।’
‘यो नीति र दल विशेषको कुरा होइन । सर्वोच्च अदालतको पुनर्संरचना र न्यायालयको पुनर्संरचना आवश्यक छ’, उनले भने, ‘न्यायलयलाई सक्षम बनाउन, विश्वास जगाउन, न्यायमा शुद्धता दिनको निम्ति दलहरुले अब सोच्न जरुरी छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया