डा.महतको पहलमा टोखा–छहरे सडकलाई १० करोड विनियोजन, कांग्रेसप्रति जनताको भरोसा
नुवाकोट । नुवाकोट र काठमाडौं उपत्यका जोड्ने टोखा–छहरे सडकका स्तरोन्नतीका लागि १० करोड बजेट विनियोजन भएको छ ।
काठमाडौंबाट नुवाकोटको सदरमुकाम विदुर हुँदै रसुवा र चीनको सिमाना केरुङ पुग्न छोटो दुरीको मार्गका रुपमा रहेको यो सडकको सुधारका लागि शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारले थप वजेट विनियोजन गरेको हो ।
बजेट विनियोजन भएपछि नुवाकोटबासीमा खुसी छाएको छ । बजेटका लागि नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामासहितका नेताहरूले विशेष पहल गरेका थिए । डा.महत र लामाले यो सडक बनाउन ठूलै मेहनत गर्दै आएका छन् ।
उनीहरूले विनियोजन भएको बजेटलाई समयमा सहि सदुपयोग गर्न खबरदारी गर्न नुवाकोटका जनतासँग अनुरोध समेत गरेका छन् ।
टोखा–छहरेसँगै छहरे–गोल्फुभञ्ज्याङ सडकलाई पनि बहुवर्षीय योजनाअन्तर्गत तीन करोड रकम विनियोजन भएको छ ।
टोखा–छहरेको करीव २७ किलोमिटर सडक खण्डमा विभिन्न ठाउँमा अब स्तरोन्नतीका काम शुरु हुनेछ । उक्त खण्डमा सडक चौडा गर्ने र ढलान गर्ने लगायतका काम अघि बढाइनेछ ।
पछिल्लो चुनावपछि कम्युनिस्ट गठबन्धनको नेतृत्वको सरकारले झोर–गुर्जेभञ्ज्याङ र छहरे सडकको सुधारमा कुनै काम गर्न सकेको थिएन ।
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले यो सडकको पीच र ढलानका लागि बजेट विनियोजन गरेपछि नेपाली कांग्रेसप्रति नुवाकोटका जनतामा आशा पलाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया