प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पु¥याएको सुदूरपश्चिमका जिल्लाहरूको स्थलगत भ्रमण गरेका छन् ।

बिहीबार देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कञ्चनपुर लगायतका जिल्लामा पुगेर बाढी पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिएका हुन् । देउवा पीडितका कुरा सुन्न आएपछि बाढी पहिरोमा परेका सर्वसाधारणमा राहतको आशापलाएको छ ।

प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकाय र पीडित स्थानीयले बाढी पहिरोले पु¥याएको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री देउवाले बाढी पीडितलाई तुरून्तै राहत दिने बताएका छन् ।

डोटीबाट बझाङको थलहरा, डिक्लाको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री देउवा गएका थिए ।

दुई परिवारका २३ जना पहिरोमा परेको थलहरामा अकाशबाटै घटनास्थलको अवलोकन गरेर प्रधानमन्त्री देउवा सदरमुकाम चैनपुर पुगेका छन् ।

डिक्लामा पीडित र स्थानीय प्रधानमन्त्री आउने खबर पाएर जम्मा भएर बसेका थिए । आकाशमै हेलिकोप्टर फन्को लगाएर सदरमुकाम गएको थियो ।

बझाङबाट बैतडी जिल्लाको ढुंगाडमा पुगेर बाढी पहिरोको क्षतिको अवलोकन गरेका छन् ।

पीडितले प्रधानमन्त्री समक्ष आफ्ना पीडा सुनाएका थिए । बैतडीबाट प्रधानमन्त्री गृहजिल्ला डडेल्धुरामा पुगेका छन् ।

देउवा जोगबुढा क्षेत्रमा गएका थिए। प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीयले प्रधानमन्त्री समक्ष बाढी पहिरोले पु¥याएको क्षतिको जानकारी गराएका थिए ।

जोगबुढाबाट कंचनपुरको बाढी प्रभावित दोधारा चादनीको भ्रमण गरेर प्रधामन्त्री देउवा बिहीबार साँझ धनगढी पुगेका छन् । शुक्रबार कैलालीको भ्रमण गरेर प्रधानमन्त्री काठमाडौ फर्कनेछन् ।

प्रधामन्त्री देउवाले बाढी पीडितलाई तुरून्तै राहत दिने, घाइतेको निःशुल्क उपचार गर्ने, बाढी पहिरोबाट ज्यान गुमाएकालाई २ लाख दिने बाढीपीडित प्रभावित क्षेत्रका बासिन्दा समक्ष आश्वासन दिएका छन् ।

पहिरोले भत्केका राजमार्ग, खानेपानी, विद्युत सेवा सुचारु पनि तत्काल सरकारले गर्नेछ ।

Published : Thursday, 2021 October 21, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया