चीनविरुद्ध लड्न भारतद्वारा गैरघातक हतियार निर्माण
नयाँदिल्ली । भारतले चीनसँग लड्नका लागि गैरघातक हतियार बनाएको छ ।
भारतीय समाचार संस्था एएनआईले चीनविरुद्ध लड्का लागि गैरघातक हतियार बनाएको जनाएको छ ।
गत वर्ष चीन र भारतको सिमानामा रहेको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनालाई चीनले हत्या गरेको थियो । सो भिडन्तबाट पाठ सिक्दै चीनविरुद्ध लड्न भारतले गैरघातक हतियार बनाएको एएनआईले जनाएको छ ।
भारतको उत्तर प्रदेशस्थित एपास्टेरोन प्राइभेट लिमिटेडले ‘त्रिशूल’ र ‘स्यापर पञ्च’ जस्ता गैरघातक हतियार बनाएको छ ।
दुबै पक्ष भिडन्तको तयारी अवस्थामा बसेका बेला दुश्मनलाई अस्थायी रूपमा निश्प्रभावी बनाउन गैरघातक हतियार बनाएको कम्पनीले जनाएको छ ।
गलवानमा भएको झडपमा चिनियाँले भारतीय सैनिकविरुद्ध तार र लाठी प्रयोग गरेको थियो ।
एपासटेरोनका चिफ टेक्नोलोजी अफिसर मोहित कुमारले भारतीय सुरक्षा बलले आफूहरूलाई गैरघातक हतियार विकास गर्न आग्रह गरेको बताएका छन् । यी हतियारले कसैलाई पनि मृत्युको मुखमा लैजाने छैन ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया