उद्धार र राहतमा खटिन तरुण दलको निर्देशन
काठमाडौं । नेपाल तरुण दलले अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मातहतलाई उद्धार र राहतमा खटिन निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार तरुण दलका जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै बाढीपहिरोमा परेका सर्वसाधारणको उद्धारमा खटिन निर्देशन दिएका हुन् । उनले पीडितहरूलाई राहत उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।
‘बाढीपहिरोको कारण केही दिनदेखि धनकुटा, कैलाली, बझाङ, बैतडी, कञ्चनपुर, गोरखा, धनुषा, मोरङ, सुनसरी, डोटी, कालीकोट, डडेलधुरा, अछाम, जुम्ला, पाल्पा, दाङ, गुल्मी लगायत देशका विभिन्न ठाउँमा हामीले ठूलो जनधनको क्षति व्यहोरीसकेका छौं’, उनले भनेका छन् ।
अध्यक्ष बस्नेतले बाढीपहिरोको समयमा खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र बाढीपहिरोको जोखिम पनि उत्तिकै बढीरहने सम्भावना रहेको पनि जनाएका छन् ।
‘आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा इकाई समिति एवम् स्थानीय तहका सम्पूर्ण तरुण साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ’, उनले भनेका छन् ।
‘विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरू एवम् मातृपार्टी र अन्य भ्रातृ संगठनसँग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया