परिवर्तन दिन नसक्ने पात्र जनता र पार्टीका हुँदैनन् : कांग्रेसका युवा नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारीले मन्त्रिमण्डलमा नयाँलाई अवसर दिनुपर्ने आफ्नो मत प्रकट गरेका छन् ।

नेविसंघका नेता समेत रहेका भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत सधैँभरि पुराना र असफल पात्रले मात्रै अवसर पाउने कुराको अन्त्य हुनुपर्ने बताएका हुन् । उनले नयाँलाई अवसर दिँदा पार्टी र देशको विकास हुने बताए ।

मन्त्रिपरिषदमा केही राम्रा मन्त्रीहरू रहेको भन्दै भण्डारीले भने, ‘राम्रालाई नराम्रो काम गर्ने व्यक्तिहरूका कारण असर पर्छ ।’

‘नेपाली कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा सधैभरि पुराना र असफल पात्रले मात्र अवसर पाउने ?’, प्रश्न गर्दै भण्डारीले भने, ‘नयाँ र सक्षम नेतृत्वले कहिले पाउने ?’

‘जनतालाई सेवा, काम र परिवर्तनको आभास दिन नसक्ने पात्र जनता र पार्टीका हुन सक्दैनन् ? सबैलाई चेतना भया ?’, उनले सचेत गराउँदै भनेका छन् ।

‘देश र पार्टीभित्र जनताले परिवर्तन खोजेका छन्’, युवा नेता भण्डारीले भने, ‘असफल र काम नगर्ने मानिसको भारी हामीले कहिलेसम्म बोक्ने ?’

मन्त्रिपरिषद विस्तारमा चयन भएका मन्त्रीहरूका विषयमा नेता भण्डारीको चिन्ता छ । उनले कांग्रेस मात्र नभइ सबै दलहरूले काम गर्न सक्ने र सक्षम व्यक्तिलाई अवसर दिनुपर्ने बताएका हुन् ।

Published : Saturday, 2021 October 9, 7:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया