उपेन्द्र यादवलाई वीरगञ्ज छिर्न नदिने, ‘किल्ला’मा जल्यो पुत्ला

वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

शुक्रबार साँझ वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला जलाउनुका साथै नारावाजी गरेका छन् । उनीहरूले जसपाको झण्डा समेत जलाएर आक्रोश पोखेका छन् ।

आक्रोशित कार्यकर्ताले अध्यक्ष यादवलाई वीरगञ्ज छिर्न नदिने चेतावनी दिएका छन् । मधेश आन्दोलनका बेला वीरगञ्जले नाकामा अबरोध सिर्जना गरेर ठूलो प्रदर्शन गरेको थियो ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै नेता कार्यकर्ताले अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेर पुत्ला जलाएका हुन् ।

कार्यकर्ताले ‘उपेन्द्र कुत्ता मार जुत्ता’ र ‘काला नाग उपेन्द्र यादव मुर्दावाद’ भन्दै नारावाजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अध्यक्ष यादवले जमानत जफत भएका नेताहरूलाई मन्त्री बनाएको भनेर उनकै छोरा अमरेन्द्र यादवले समेत असन्तुष्टि जनाइसकेका छन् ।

पार्टीका राम्रा र जितेर आएका सांसदलाई मन्त्री नदिएर अध्यक्ष यादवले कार्यकर्ता नै नभएका समानुपातिकका सांसदलाई मन्त्री बनाएका छन् ।

जसपाभित्र मन्त्रीको विषयलाई लिएर भाँडभैलो शुरू भएको छ । अध्यक्ष यादवलाई पार्टी सम्हाल्न गाह्रो भएको छ ।

Published : Friday, 2021 October 8, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया