प्रहरीमा ७ सय ८१ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा ४ सय १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायलमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ ।

प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले आगामी कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

भर्नासम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

Published : Friday, 2021 October 8, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया