ललितपुरमा एमालेका कार्यकर्ताले औकात देखाए, कांग्रेस नेतामाथि सांघातिक आक्रमण
लगनखेल । ललितपुर जिल्लामा एमालेका कार्यकर्ताहरूले नेपाली कांग्रेसका नेता विजयकुमार स्याङतानलाई आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् ।
एमालेका स्थानीय कार्यकर्ता मुक्तिलाल स्याङ्तान र बिक्रम घलानले बागमती गाउँ कार्यसमितिका सदस्य विजयकुमार स्याङतानलाई आक्रमण गरेर घाइते बनाएको ललितपुर कांग्रेसले जनाएको छ ।
घाइते विजयकुमार स्याङ्तानको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
सांघातिक आक्रमण गर्ने बिक्रम घलान र मुक्तिलाल स्याङ्तानलाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्राउ गरेको छ ।
पक्राउ परेका कार्यकर्तालाई छुटाउन बागमती प्रदेशका एमालेका सांसद चेतनाथ सञ्जेलले जोडजुलुम गरेका छन् ।
दोषीलाई छुटाउन पुगेका एमालेका नेता सञ्जेललाई स्थानीयले प्रहरी वृत्तमै घेराउ गरेर विरोध गरेपछि ‘टाप’ भएका छन् ।
दोषी कार्यकर्ता छुटाउन प्रहरी वृत्तमा एमालेका प्रदेश सांसद सञ्जेल पुगेको थाहा पाएपछि कांग्रेसका युवा नेता महर्जन पनि वृत्तमा पुगेका थिए ।
महर्जनसहितका नेताहरूलाई देखेपछि सञ्जेल ‘टाप’ कसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कांग्रेसको खेलकुद विभागका सचिव समेत रहेका महर्जनले कांग्रेसका कार्यकर्तामाथि हुने कुनै पनि प्रकारको आक्रमण वा ज्यादतीलाई सहन नसक्ने चेतावनी दिएका छन् ।
महर्जनले विजयकुमार स्याङतानलाई कुटपिट गरेर गम्भीर घाइते बनाउने एमालेका कार्यकर्तालाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया