नेपाल–भारतबीच वार्ता, रक्सौलबाट काठमाडौंलाई रेल मार्गले जोड्नेबारे सहमति

काठमाडौं । हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यबारे समीक्षा हेतुले नेपाल–भारतले संयुक्त बैठक गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा असोज २० र २१ गते नेपाल–भारत संयुक्त कार्यदलको पाँचौँ बैठक तथा परियोजना सञ्चालन समितिको बैठक बसेको हो ।

बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकारका रेल मन्त्रालयका ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा.मनोज सिंहले गरेका थिए ।

नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव केशवकुमार शर्माले गरेका थिए ।

बैठकमा जयनगर–कुर्था खण्डमा यात्रुबाहक रेल सेवा सुरु गर्नका लागि दुबै पक्षले स्ट्याण्डर अपरेटिङ प्रोसिउडरमा हस्ताक्षर गरेका छन् ।

रक्सौल–काठमाडौंको प्रस्तावित ब्रोडगज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि पनि सम्झौता पत्रमा हस्तक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेल सेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रुपमा काम गर्ने सहमति भएको छ ।

दुबै पक्षले भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजुलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे छलफल भएको छ ।

जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटर खण्डमा यात्रुबाहक रेल सञ्चालन गर्न हेतु गरिएको प्राविधिक पूर्वतयारीबारे पनि बैठकमा समीक्षा भएको छ ।

रेलमार्ग अन्तर्गतको १७.२५किलोमिटर कुर्था–बिजुलपुरा खण्डको निर्माण शीघ्र निर्माण सम्पन्न गर्न नेपालले आवश्यक सहयोग एवम् सहजीकरण गर्ने आश्वासन भारतले दिएको छ ।

१८.६ किलो मिटर जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरि छिटै सञ्चालनमा ल्याउन पनि दुबै पइा सहमत भएका छन् ।

रक्सौल–काठमाडौं ब्रोड गेज रेलमार्गलाई सेकेण्ड फेज अन्तर्गतका परियोजनामा भएका प्रगतिबारे छलफल भएको छ ।

रेलमार्ग लगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता, विकास, व्यवस्थापन एवम् प्रशिक्षकका क्षेत्रमा प्राविधिक सहकार्यलाई सुदृढ गर्नेबारे दुबै पक्ष सहमत भएका छन् ।

Published : Friday, 2021 October 8, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया