मोरङ कांग्रेसमा भत्कियो कोइराला परिवारको किल्ला, शशांक र सुजाता निरिह, शेखर हाबी

विराटनगर । नेपाली कांग्रेस मोरङको स्थानीय तहको अधिवेशनमा कोइराला परिवारले बर्चश्च जमाएको छ ।

कोइराला परिवारले बर्चश्व जमाए पनि मोरङमा एकलौटी गर्न भने सकेनन् । दुई वटा स्थानीय तहमा सभापति शेरबहादुर देउवा निकटको समूहले जितेको छ । मोरङमा १७ वटा पालिका छन् ।

मोरङ कांग्रेसभित्र शेखर कोइरालाको दब्दबा देखिएको छ । पालिकामा शेखर निकटका सभापतिले जितेका छन् । शशांक कोइराला र सुजाता कोइरालाको उपस्थिति झिनो देखिएको छ । शेखरले अरु कोइरालालाई समाप्त पारिदिएका छन् ।

१५ वटामा कोइराला परिवार र २ पालिकामा देउवा समूहले कब्जा जमाएको छ । महेश आचार्य समर्थक सभापतिलाई पनि कोइराला परिवारले आफ्नो समूहभित्र काउन्ट गरेर १५ वटा सभापति पुर्‍याएको छ ।

यसअघि कोइराला परिवारले मोरङ कांग्रेसको सभापतिसहितका आकर्षक पदमा विरोधी समूहलाई छिर्न पनि दिँदैन थियो । देउवा समूहले कोइराला परिवारको हातबाट यस पटक दुई वटा गाउँपालिकको सभापति खोसेर लिएको छ ।

कोइराला परिवारलाई प्रदेश, क्षेत्र र जिल्ला सभापतिमा कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । विगतमा जस्तो सहज रुपमा कोइराला परिवारले मोरङ कांग्रेसको बर्चश्व पाउनेछैन ।

केराबारी गाउँपालिको सभापतिमा प्रकश बस्नेत सर्वसम्मत भएका छन् । लेटाङ नगरपालिकाको सभापतिमा दीपकचन्द्र राई विजयी भएका छन् ।

उर्लाबारी नगरपालिकाको सभपातिमा सुरेन्द्र लिम्बु सर्वसम्म भएका छन् । उनी कोइराला परिवारको समर्थन छ ।

मिकलाजुङ गाउँपालिकाको सभापतिमा बबि राई, रतुवाईमा नगरपालिकाको सभापतिमा पोस्टबहादुर बस्नेत, सुनीबर्सी नगरपालिकाको सभापतिमा कमलकिशोर सिंह, रंगेली नगरपालिकाको सभापतिमा जगन्नाथ मण्डल, पथरी शनिश्चरे नरपालिकाको सभापतिमा रुपनारायण भट्टराई चयन भएका छन् । उनीहरूलाई कोइराला परिवारको समर्थन छ ।

कोइराला परिवारकै समर्थनमा कानेपोखरी गाउँपालिकाको सभापतिमा योगेन्द्र दाहाल, बेलबारी नगरपालिकाको सभापतिमा छत्रबहादुर लिम्बु, सुन्दर हरैचा नगरपालिकाको सभापतिमा भक्तिप्रसाद सिटौला, ग्रामथाङ गाउँपालिकाको सभापतिमा तुलसी विश्वास थारु चयन भएका छन् ।

बुढीगंगा गाउँपालिकको सभापतिमा जितनारायण थापा मगर, विराटनर महानगरमा दीपक चापागाइँ, कटहरी गाउँपालिकाको सभापतिमा रामकुमार कामतलाई कोइराला परिवार रहेको छ ।

धनपालथान गाउँपालिकाको सभापतिमा दीपकवीर पाण्डे र जहदा गाउँपालिकाको सभापतिमा महेन्द्रप्रसाद मण्डल सभापतिमा चयन भएका छन् । उनीहरूलाई सभापति देउवा समूहको समर्थन रहेको थियो ।

Published : Sunday, 2021 October 3, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया