यी एघार जना सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

गृहमन्त्रिस्तरीय निर्णयबाट शुक्रबारबाट लागू हुने गरि ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको स्रोतले जनाएको छ ।

सह–सचिव जयनारायण आचार्यलाई कास्किको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानिएको छ ।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका सह–सचिव कमलराज ढकाललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

सह–सचिव डा.भीष्मकुमार भुसालाई महाशाखाको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जीजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।

Published : Sunday, 2021 October 3, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया