कांग्रेस नेता प्रकाशमान सिंहले कागेश्वरी मनहरा पनि गुमाए, कार्यकर्ताले लिए बदला
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको अधिवेशन अन्तर्गत कागेश्वोरी मनहरा नगरमा सभापति शेरबहादुर देउवा समर्थक उद्धव दाहालले शानदार जित हासिल गरेका छन् ।
शनिबार राति सम्पन्न अधिवेशन र निर्वाचन प्रक्रियामा देउवा समर्थक दाहालले नेता प्रकाशमान सिंह निकटका सभापतिका उम्मेदवार मीठाराम दाहाललाई नराम्रो तरिकाले हराइदिएका हुन् ।
नेता सिंहले काठमाडौं कांग्रेसमा लामो समयदेखि कब्जा जमाएर बसेका थिए । वडा र नगर अधिवेशनबाट सिंहको दब्दबा अन्त्य हुने संकेत देखिएको छ ।
देउवा निकटका उद्धवले १५१ मत पाएका छन् । नेता सिंहका सभापतिका उम्मेदवार मीठारामले जम्मा १३८ मत पाएका थिए ।
नेता सिंह र काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँसँग स्थानीय नेता कार्यकर्ताहरू रिसाएका रहेछन् भन्ने यो नतिजाले देखाएको छ ।
कार्यकर्तालाई दवावमा राख्ने र काम नगर्ने प्रवृत्तिलाई राम्रोसँग पाठ सिकाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया