डडेल्धुरामा ‘हरुवाहरू’ ‘शेखर–अर्जुन–गुरु’को लावालस्कर, वडामै हारेकाको गफै ठूला
काठमाडौं । कुनै पनि पार्टी पद्धति र विधानमा बाधिएको हुन्छ । त्यसमा पनि मुलुकको एक मात्रै पुरोनो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले विधान र पद्धतिभन्दा बाहिर जान मिल्दैन । कुरो डडेलधुरा अधिवेशनको हो ।
डडेलधुरामा पार्टीको विधान अनुसार निर्वाचन समितिले तोकिएको मितिमा वडा अधिवेशन सम्पन्न भएका छन् । त्यहाँका पार्टी सभापति कर्ण मल्ल आफू वडामा पछारिने भएपछि आफैले अधिवेशन बहिष्कार गरे ।
मल्ललाई यति पनि हेक्का भएन कि अधिवेशन कुन मितिमा गर्ने भन्ने अधिकार निर्वाचन समितिलाई छ । निर्वाचन समितिले तोकिएकै मितिमा अधिवेशन सम्पन्न गर्यो ।
आफू लगायत आफ्ना मान्छे अधिवेशनबाट नआउने भएपछि बहिष्कार गरेका मल्ल अहिले पार्टीकै केही नेताहरूको उक्साहटमा अनुसनमा बसेका छन् ।
लोकतन्त्रमा अनसन विधि र विधानको पालना गराउन गरिने काम हो । मल्लले त्यसको ठीक उल्टो तुरुप बनाउन खोजेका छन्, अनसनलाई विधान विपरितको माग राखेर ।
विडम्बना कांग्रेस केन्द्रीय सदस्यहरू शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे त्यही विधान विपरितको कार्यमा होष्टेमा हैँसे जमाउँदै आइतबार डडेलधुरा जान लागेका छन् । उनीहरूले मल्लले जारी राखेको अनशन तोडाउने भन्ने सुनिएको छ ।
पार्टीको महाधिवेशनमा समेत अर्जुननरसिंह केसीले नुवाकोटमा आफ्नै वडा बचाउन सकेनन् । वडामै केसी नराम्रोसँग पराजित भएका छन् । शेखर र गुरुको पनि मोरङमा हविगती त्यस्तैछ ।
पार्टीभित्र कोही जनताबाट तिरस्कार हुन्छ भने उसलाई ल्याउन पर्छ भन्ने लोकतन्त्रमा हुँदैन । सधै कांग्रेसको किल्ला रहेको डडेलधुरामा शखेर कोइरालासमूहले विना आधार मल्लको पक्षमा लागेर कांग्रेसप्रतिनै जनमानसमा वितृष्ण पस्किन खोजेको आरोप छ ।
अचम्मत के छ भने, आज डडेलधुरा जान लागेका शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरु घिमिरे तीन जना हरुवा नेता हुन् । यसअघिको चुनावमा उनीहरू यस्तै हर्कतका कारण जनताले धुलो चटाइदिएका थिए । यी तीन नेताले दिन खोेजेको सन्देश के हो ? के उनीहरूलाई सधै कांग्रेसले जितेको यो क्षेत्रमा कांग्रेस बिगार्न खोजेका त होइनन् ?
नेताजीहरू कसैको विरोध र समर्थन व्यक्तिगत स्वार्थमा होइन, अलिकति भए पनि विधि विधान र लोकतन्त्रमा टेकेर गर्नुहोस् । तपाईहरू आज डडेलधुरा गएर के रत्यौली गर्न लाग्नु भएको हो ? पहिला आफू चुनाव जित्नुस्, आफ्नो क्षेत्रमा वलियो हुनुस् अनि बल्ल अरु क्षेत्रमा तपाईहरूको चासोको अर्थ हुन्छ । यस्ता रत्यौलीहरू कृपया बन्द गर्नुहोस् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया