पाल्पामा देउवा समूहको धमाका, पौडेल समूह जिल
तानसेन । पाल्पा जिल्लामा नेपाली कांग्रेस तानसेनको नगर सभापतिमा सुवर्ण शाक्य निर्विरोध भएका छन् ।
पाल्पामा नगरपालिका र गाउँपालिका गरेर १० वटा छन् । तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकामा सभापति शेरबहादुर देउवा समूहले जबरजस्त रुपमा सभापतिमा कब्जा जमाएको छ ।
नेता रामचन्द्र पौडेल समूहले रामपुर नगरपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा जितेका छन् ।
पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाका सभापति कुनै समूहमा खुलेका छैनन् ।
रामपुरको नगर सभापतिमा नेत्रप्रसाद भट्टराइ विजयी भएका छन् । भट्टराईले अर्जुन रेग्मीलाई पराजित गरेका हुन् । रामपुरमा २ सय ८ मत खसेको थियो । भट्टराईले १ सय २५ मत पाएका थिए । रेग्मीले ८२ मत प्राप्त गरेका थिए ।
रिब्दीकोट गाउँपालिकाको सभापतिमा रामचन्द्र पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ९७ मत पाएका थिए । पाण्डेका प्रतिस्पर्धी ईन्द्र पाण्डेले ७ मत पाएका छन् ।
पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्विरोध भएकी छिन् ।
निस्दी गाउँपालिकाको सभापतिमा पूर्णबहादुर खाण सर्वसम्मत भएका छन् ।
रम्भा गाउँपालिकाको सभापतिमा ऋषिराम अर्याल, माथागढीको सभापतिमा दीपक थापा, तिनाउँ गाउँपालिकाको सभापतिमा प्रेम पाण्डे, वगनासकाली गाउँपालिकाको सभापतिमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा विष्णु पोखरेल निर्विरोध भएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया