कांग्रेस नेता बस्नेतले ३० वटा घर बनाइदिने, १५० परिवारलाई कुखुरासहित खाद्यान्न वितरण
मेलम्ची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले दनुवा बस्तीमा खाद्यान्नसहितका राहत सामग्री वितरण गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– ११ दनुवा बस्तीमा मंगलबार नेता बस्नेतले १५० परिवारलाई खाद्यान्नसहितको राहत वितरण गरेका हुन् ।
बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीयलाई दशैँमा खानेकुराको समस्या नहोस् भनेर बस्नेतले चामल, दाल, तेल, नुन, मसला, कुखुरासहितका सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिएका छन् ।
असारमा आएको बाढीपहिरोले मेलम्चीमा ठूलो जनधनको क्षति भएको थियो ।
कार्यक्रममा कांग्रेस नेता बस्नेतले बिपदमा परेका स्थानीयलाई राहतका साथै बाढी र पहिरोले क्षति भएका पूर्वाधार निर्माणका लागि पनि पहल भइरहेको बताएका छन् ।
नेता बस्नेतले १ करोड २० लाखको लागतमा हेलम्बुको पाल्चोकमा ३० वटा घर बनाउने घोषणा पनि गरेका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बिष्णुबिक्रम थापा, प्राध्यापक प्रेमध्वज लामा, मेलम्ची प्रदेश ‘ख’का सभापति रामबाबु लुइँटेल, मेलम्ची नगरपालिका– ३ का वडाध्यक्ष बसन्त गुरुङ लगायतले समस्यामा परेका स्थानीयको साथमा कांग्रेस रहेको बताए ।









बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया