कपिलवस्तु कांग्रेसमा दोहोर्‍याएर निर्वाचन, युवा नेता शर्माको जबरजस्त वापसी

वाणगंगा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्मा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका– १० को वडा अधिवेशनबाट जबरजस्त रुपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कांग्रेसको वडा नंं. १० मा एक जना क्षेत्रीय प्रतिनिधि बाहेक सभापतिसहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएको थियो । कांग्रेसका केही नेताहरूले शर्मालाई क्षेत्रीय प्रतिनिधिमा रोक्न एउटा क्षेत्रीय प्रतिनिधिमा मात्रै निर्वाचन गराएका हुन् ।

बिहीबार भएको वडा अधिवेशनमा एउटा क्षेत्रीय प्रतिनिधि बाहेक सबै पद सर्वसम्मत भएपछि एउटा क्षेत्रीय प्रतिनिधिका लागि शुक्रबार निर्वाचन भएको थियो । निर्वाचनमा कांग्रेसका युवा नेता शर्मा शानदार मतका साथ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई हराउन दोहो¥याएर निर्वाचन गराइएको थियो ।

शुरुमा पनि शर्माले जितेका थिए । दोहोर्‍याएर मतदान गराउँदा पनि शर्माले क्षेत्रीय प्रतिनिधिमा जबरजस्त रुपमा जितेका छन् ।

वडा नं. १० को पटनामा सम्पन्न वडा अधिवेशनमा शर्माले ८१ मत प्राप्त गरेका थिए । उनको प्रतिद्वन्द्व विजय खनालले ६८ मत प्राप्त गरेका छन् ।

१ सय ५९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन अधिकृत घनश्याम गैरेले जानकारी दिएका छन् ।

कांग्रेसका युवा नेता शर्माले खस आर्यतर्फबाट क्षेत्रीय प्रतिनिधिमा जित हासिल गरेका हुन् ।

युवा नेता शर्मालाई हराउन फरक–फरक गुटका जिल्ला र केन्द्रीयस्तरका नेताहरू एकजुट भएका थिए । उनीहरूले शर्मालाई भोट नदिएर हराउन गोप्य रुपमा क्रियाशील सदस्यहरूलाई निर्देशन दिएको शर्मा निकटका एक नेताले बताएका छन् ।

Published : Friday, 2021 September 24, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया