माधवको पार्टीमा पदाधिकारीमा क–कसले पाए मौका, के भइन् झाक्री ?

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले महासचिवको जिम्मेवारी बेदुराम भुसाललाई दिएको छ ।

उप–महासचिवमा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

बिहीबार काठमाडौंमा बसेको शीर्ष नेताहरूको बैठकले पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । झलनाथ खनाल वरिष्ठ नेतामा चयन भउका छन् ।

चार जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।

सचिवको जिम्मेवारी जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ र रामकुमारी झाक्रीले पाएकी छिन् । नेता मेटमणि चौधरीलाई पदाधिकारी दिइएको छैन ।

Published : Thursday, 2021 September 23, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया