१३ हजार अमेरिकी डलरसहित गोरखाका बिक पक्राउ

काठमाडौं । प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ वर्षीय सीताराम बिकलाई विदेशी मुद्रासहित पक्राउ गरेको छ ।

असोज ५ गते नेपाल एयरलाइन्समा काठमाडौंबाट दुबई जान लागेका गोरखा जिल्लाको गोरखा नगरपालिका– २ स्थायी घर भएका बिकलाई विदेशी मुद्रासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले चेकजाँच गर्ने क्रममा अमेरिकी डलर १०० दरको थान– १३० ले जम्मा अमेरिकी डलर १३ हजार लुकाई छिपाई अवैध रुपमा लैजान लागेको फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिकलाई कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको जनाएको छ ।

Published : Thursday, 2021 September 23, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया