देउवाले बोलाए बैठक, डा.खड्कालाई मन्त्री बनाएपछि पौडल समूहभित्र खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था र १४औँ महाधिवेशनका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । बैठक बुढानिलकण्ठस्थित निजी निवासमा बस्नेछ ।
नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको बैठक पनि बोलाएका छन् । बैठक महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बस्नेछ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले परराष्ट्र मन्त्रीमा डा.नारायण खड्कालाई नियुक्त गरेपछि असन्तुष्ट बनेका नेता पौडेलले सो विषयमा पनि गुटभित्र छलफल गर्ने जनाइएको छ ।
पौडेलले पार्टीभित्र सरसल्लाह नै नगरेर डा.खड्कालाई परराष्ट्र मन्त्री बनाएको भन्दै रिसाएका छन् ।
Published : Wednesday, 2021 September 22, 12:30 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया