अटेरी मेयर चिरिबाबुलाई अदालतले दियो ‘दनक’, पत्र पुगेपछि भागाभाग
पुल्चोक । पाटन उच्च अदालतले पुल्चोकमा सडक मापदण्डको जमीनमा समय फल्चा पाटी बनाउन थालेपछि सो विरुद्ध परेको रिटमा अन्तरिमकालीन आदेश दिएको छ ।
बुधबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले महानगरपालिकाविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिँदै पाटी पुनर्निर्माणको कामलाई रोक्न अन्तरिमकालीन आदेश दिएको हो ।
ललितपुर महानगरपालिकाले पुल्चोकस्थित सडक मापदण्डभित्र पर्ने जमीनमा समय फल्चा बनाउन शुरु गरेको छ । मेयर चिरिबाबु महर्जनले जबरजस्त रुपमा अटेर गरेर काम अगाडि बढाएका छन् ।
श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो भवनलाई असर पर्ने गरेर महानगरपालिकाले सडक मापदण्डभित्रको जमीनमा समय फल्चा बनाउन थालेपछि सो कार्य रोक्न माग गरेर रिट निवेदन दिएको थियो ।
सहकारीको मागअनुसार पाटन उच्च अदालतले अल्पकालीन अन्तरिमकालीन आदेश दिएको छ । अदालतको आदेशले आदेशले मेयर महर्जनलाई तनाब भएको छ ।
अदालतले महानगरपालिकालाई असोज ६ गते छलफलमा बोलाएको छ ।
अदालतले महानगरपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश पनि दिएको छ ।
पाटन उच्च अदालतको अन्तरिमकालीन आदेशको तामेली पत्र बुझ्न मेयर चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल मानेका छैनन् । पत्र लिएर अदालतका कर्मचारी महानगरपालिकाको कार्यालयमा पुगेपछि मेयर महर्जन र प्रमुख कार्यकारी अधिकृत अर्यालको भागाभाग भएको चर्चा छ ।
जबरजस्ती सडकको जमीनमा पाटी बनाउन लागेका मेयर महर्जन र अधिकृत अर्यालको ज्यादतीपूर्ण कार्यको विरोध हुँदै आएको छ । महर्जनले सडक पेटीमा पाटी बनाएपछि बाटो हिँड्ने बटुवालाई पेटीमा हिँड्न समस्या भएको छ ।
रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ता सतीश मैनालीले बहस गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया