मेयर महर्जनले पुल्चोकमा गुण्डाशैलीमा सडक पेटी भत्काए, कांग्रेसको नाक भाँचे
पुल्चोक । ललितपुर महानगरपालिकाका मेयर एवम् नेपाली कांग्रेस ललितपुरका नेता चिरिबाबु महर्जनले सडक पेटी भत्काएका छन् ।
बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित महानगरपालिकाको कार्यालय अगाडि रहेको सडक पेटी भत्काएर ‘समय फल्चा पाटी’ पुनर्निर्माण गर्ने भन्दै सडकपेटी भत्काएका हुन् ।
महर्जनले सडकको मापदण्डभित्र परेको जमीनमा पाटी बनाउन जोडबल गरेपछि अदालतमा मुद्धा परेको छ । सो मुद्धा बिचाराधीन रहेका बेला महर्जनले सडक पेटी भत्काएर पाटी बनाउन लागेका छन् ।
सडक पेटीमा पैदल यात्रुलाई हिँडडुल गर्न समस्या रहँदै आएको छ । तर, यात्रुलाई हिँडडुल गर्न असजिलो भए पनि मेयर महर्जनले पाटी बनाउने भन्दै सडक भत्काएका हुन् ।
स्थानीय टोल सुधार समितिको नाममा महर्जनले करीव साढे ४ बजे सरकारी मापदण्डभित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै सडक पेटी भत्काएका छन् ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सडक पेटी भत्काउन लगाएका थिए । ललितपुर जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाउने क्रममा केहीबेर बिरोध भएको थियो ।
अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको छ । मेयर महर्जनले अदालतको आदेशको अपहेलान गर्दै छापामार शैलीमासयम फल्चा पाटीको शिलान्यास गरेका छन् ।
अदालतको आदेश विपरित सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेपछि मेयरविरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ति जनाएका छन् ।
महानगरपालिकाका मेयर महर्जन र कार्यकारी अधिकृत गणेश अर्यालले सडक पेटी भत्काएर पुनर्निर्माणको काम गर्न लागेको कर्मचारीहरूको आरोप छ ।
समय फल्चा पाटी २ सय वर्ष पुरानो हो । महर्जनले २०३८ सालमा सोही वडाबाट वडाध्यक्ष बनेका थिए । त्यस बेला उनले पाटी पुनर्निर्माणमा ध्यान दिएनन् । अहिले आएर सडक मापदण्डभित्र पर्ने सडक पेटी खनेर पाटी पुनर्निर्माण गर्न रुचि किन जागेको हो महर्जनले खुलाएका छैनन् ।
सर्वोच्च अदालतको आदेशमा फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने भन्ने उल्लेख छ । सडक पेटी र पाटी बनाउन भनिएको जमीन सडक मापदण्डभित्र पर्छ । सडक मापदण्डभित्र पर्ने जमीनमा कुनै पनि संरचना बनाउन पाइँदैन ।
मेयर महर्जनको कामप्रति सोही वडाका वडाध्यक्ष श्रीगोपाल महर्जन सहमत छैनन् । वडाध्यक्ष महर्जनले पाटी पुनर्निर्माण गर्ने हो भने पहिला उत्खनन् गर्नुपर्ने बताएका छन् । मेयर महर्जनले पाटीको उत्खनन् नै नगरेर मनोमानी तरिकाले शिलान्यास गरेपछि हँगामा भएको छ ।
विक्रम संवत २०६८ साल मंसिर २५ गते बसेको उप–महानगरपालिकाको बोर्डको बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको, काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११÷११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने उल्लेखे थियो ।
साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन । महानगरपालिकाले पाटी निर्माण गर्न ३० लाख रुपियाँ विनियोजन गरिसकेको छ ।
सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे मानहानीमा मुद्धा दर्ता गर्ने तयारी भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया