सुनसान रहेको पौडेल समूहमा गगनले यसरी रौनक ल्याइदिए, सभापति घोषणा हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा नेता रामचन्द्र पौडेलको समूहको पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको वडा अधिवेशन शुक्रबारबाट शुरु हुने क्रममा रहेका बेला पौडेल समूहले बिहीबार सानेपामा पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा सहभागी भएर थापाले नेता कृष्णप्रसाद सिटौला समूह छाडेको संकेत गरेका छन् ।

पत्रकार सम्मेलनमा नेता सिटौला सहभागी भएका थिएनन् । पत्रकार सम्मेलनमा पौडेलका साथै महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, सुजाता कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा पौडेल समूहले सभापतिको साझा उम्मेदवार घोषणा गर्छ कि भन्ने थियो तर, सभापतिको उम्मेदवार घोषणा भएन ।

सभापतिमा सहमति हुन नसकेपछि पौडेल समूहले सभापतिको उम्मेदवार घोषणा गर्न सकेको छैन ।

Published : Thursday, 2021 September 2, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया