महेश बस्नेतको चुरीफुरी उग्र भएका बेला मकवानपुरमा युवा संघका सह–संयोजक कांग्रेसमा प्रवेश

बकैया । मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गरेर ४ सय ८७ जना स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बकैया–३ मा भएको बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा एमालेको भ्रातृ संगठन युवा संघ बकैयाका सह–संयोजक दीपक बज्युसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका हुन् । बानियाँले कांग्रेस बलियो भयो भने मात्रै राष्ट्रियता बलियो हुनेभन्दै जनतामा कांग्रेसप्रति भरोसा बढेर गएको बताए ।

कांग्रेस प्रवेश गर्नेमा माओवादी गाउँ कमिटी संयोजक देवकुमार मोक्तान, एमालेका स्थानीय नेता मानबहादुर स्यांतान, आकाश न्यासुर, राप्रपाका स्थानीय नेता रमेश भोम्जन लगायत विभिन्न पार्टीका ४ सय ८७ जना रहेका छन् ।

भक्तबहादुर भोलनको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया सभापति भूमिनन्द गौतम, विभिन्न वडाका अध्यक्षहरू, पार्टीका भातृसंगठन एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

एमालेका नेता एवम् युवा संघका इञ्चार्ज महेश बस्नेतले काठमाडौंमा उत्पात मच्चाइरहेका बेला उनकै संगठन युवा संघका सह–संयोजकसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् । मकवानपुरमा एमालेलाई कांग्रेस नेता बानियाँले कमजोर बनाइदिएका छन् । राप्रपा पनि निकै कमजोर भएको छ ।

Published : Wednesday, 2021 September 1, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया