बालकोटमा देउवाका विशेष दूत, अहँकारी एमालेसँग कांग्रेसले प्रजातान्त्रिक संस्कार देखायो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँगको सम्बन्धलाई सुधारको प्रयास गरेका छन् ।
एमाले विभाजन गर्न अध्यादेश ल्याएको भन्दै एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री देउवासँग रिसाएका छन् । ओलीका सार्वजनिक अभिव्यक्तिहरू देउवाविरुद्ध पनि आउने गरेका छन् ।
देउवाले मंगलबार राति कानून, न्याय तथा संसदीयमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग कुरा गर्न पठाएका छन् । मन्त्री कार्की बालकोट पुगेर ओलीसँग परामर्श गरेर आएका छन् ।
ओलीसँगको भेटमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको सन्देश सुनाएका छन् । देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग सहकार्य गरेर प्रतिनिधि सभाको बैठक अगाडि बढाउन चाहेका सन्देश ओलीलाई पठाएका थिए ।
एमालेका अध्यक्ष ओलीले के जवाफ दिएका छन् केही भनिएको छैन । ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको सम्बन्ध निकै खराब बनेर गएको छ । यस्तो अवस्थामा सरकारलाई संसद चलाउन र विधेयकहरू अगाडि बढाउन समस्या हुनेछ ।
प्रधानमन्त्री देउवाले ओलीलाई पनि साथ र विश्वासमा लिएर सदन चलाउन चाहेको सन्देश दिएका छन् ।
एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बनेका बेला झण्डै दुईतिहाइको बहुमतको अहँकार र घमण्ड देखाएर तत्कालीन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग वार्ता, सम्वाद गरेका थिएनन् ।
तर, देउवाले अहँकारहरूलाई छाडेर एमाले र ओलीसँग प्रजातान्त्रिक संस्कार देखाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया