प्रदेश–२ मा पनि ओली चकित परे, २१ मध्ये १३ सांसदले सुइकुच्चा ठोके
जनकपुर । एमालेलाई प्रदेश २ मा पनि ठूलो धक्का लाग्ने भएको छ । एमालेका १३ जना प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी)मा लाग्ने भएका हुन् ।
१३ जना सांसदहरू सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन् । प्रदेश २ मा पनि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो झट्का लागेको छ ।
एमालेभित्र विवाद भएका बेला चैतमा माधव नेपाल पक्षले शत्रुधन महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । प्रदेश २ मा एमालेका २१ सांसद छन् । त्यसमध्ये १३ सांसद नेपाल समूहतिर लागेपछि ओलीलाई तनाब भएको हो ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेशका सांसद र स्थानीय तहका सदस्यहरूलाई सूचना जारी गरेको छ ।
भदौ २ गते गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले ९ गते आयोगबाट मान्यता पाएको थियो ।
Published : Tuesday, 2021 August 31, 10:25 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया