कांग्रेसका यी नेताले ‘सभापति’ पदलाई मजाक बनाए, ५० भोट कटाउन नसक्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले ‘सभापति’ पदलाई मजाक वस्तु बनाएका छन् ।

१३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि हौसिएका गुरुङले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भनेर घोषणा गरिसकेका छन् । उनले आफ्ना अभिव्यक्तिहरूमा सभापतिमा जित्ने दाबी गर्दै आएका छन् ।

गुरुङले सभापति पदमा उम्मेदवारी दिए भने ५० भोट पनि कटाउन सक्दैनन् भनेर कांग्रेसभित्र चर्चा छ । गुरुङलाई आफ्नै गृहजिल्लाले पनि पूरै भोट दिँदैन ।

मापदण्ड पुग्ने कांग्रेसको क्रियाशील सदस्यलाई कुनै पनि पदमा उम्मेदवार दिने अधिकार छ । तर, गुरुङ जस्तो जिम्मेवार र केन्द्रीय नेताले आफ्नो घाँटीलाई पनि हेर्नु पर्छकी भने भनेर कांग्रेसका नेताहरूबीच चर्चा हुने गरेको छ ।

नेपाली कांग्रेस विभाजन भएका बेला कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष बनेका गुरुङको त्यही बेलादेखि राजनीतिक उचाइँ बनेको थियो । गुरुङले आफ्नो पदको उचाइँलाई बचाउन नसक्दै १४औँ महाधिवेशनमा उल्किएर समाप्त पार्ने प्रयास गरिरहेको चर्चा छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नै गुरुङलाई ठाउँ दिएर संरक्षण गरेका कारण १३औँ महाधिवेशनसम्म आइपुग्दा केन्द्रीय सदस्यमा निर्वाचित हुने अवस्थामा पुगेका हुन् ।

देउवा समूह छाडेर रामचन्द्र पौडेल समूहतिर गतिविधि गर्दै आएका नेता गुरुङलाई पौडेल समूहले पनि रुचाउँदैन । नेता गुरुङलाई कुनै पनि समूहले आफ्नो टिममा राख्न मानेका छैनन् । नेता गुरुङले कतै पनि एड्जस्ट हुने ठाउँ पाएका छैनन् ।

क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको समितिमा नेता गुरुङले उत्पात असहयोग गरेर हैरान बनाएका छन् । उनले नै क्रियाशील सदस्यता विवादलाई मिल्न दिँदैनन् । जहाँ पनि बखेडा गरेर नोट अफ डिसेन्ट लेख्ने गर्छन् ।

गुरुङको यही हर्कतले गर्दा उनले सभापति पदमा उम्मेदवारी दिए भने ५० भोट पनि पाउने छैनन् । क्रियाशील सदस्यता वितरणमा विवाद खडा गरेकै कारण उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्दा पनि पराजित हुने अवस्था आफैले सिर्जना गरेका छन् ।

गुरुङले सभापति पदमा उम्मेदवारी दिने दिनमा समर्थक र प्रस्तावक पाउँछन् कि पाउँदैनन् थाहा छैन । तर, हिम्मत गरेर ‘सभापति’मा जित्छु भनेर भिडेरै लागेका छन् ।

कांग्रेसको महाधिवेशनमा उम्मेवार बनेर पराजित हुँदा जमानत जफत हुने व्यवस्था छैन । प्रतिनिधि सभामा जस्तै जमानत जफत हुने व्यवस्था कांग्रेसभित्र हुन्थ्यो भने नेता गुरुङले सभापति पदमा जमानत पनि जोगाउन सक्ने थिएनन् भनेर हाँसो हुने गरेको छ ।

Published : Tuesday, 2021 August 31, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया