प्रहरीले शान्ति सुरक्षा होइन अब व्यापार गर्ने, यी एसपीको हर्कतले काठमाडौंसम्म खैलाबैला
पुतलीबजार । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षामा भन्दा व्यापार व्यवसायमा लाग्न आग्रह गरेका समाचार बाहिर आएपछि आलोचना शुरु भएको छ ।
प्रहरी भनेको शान्ति सुरक्षाका लागि खटिएका व्यक्ति हुन् । प्रहरी नै सेयर खरिदमा लागे भने शान्ति सुरक्षा कसले बनाउने हो ?
एसपी बोगटीले अतिरिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न मातहतका प्रहरीलाई आग्रह गरेका समाचार छ्यापछ्याप्ती भएका छन् ।
प्रहरीमा जागिर खाएर पुग्दैन भने जागिर छाडेर अर्को व्यवसाय गर्न सकिन्छ । कसैले पनि प्रहरीको जागिर गरे भनेर जबर जस्ती गरेको छैन । प्रहरी होस् वा अन्य सरकारी कर्मचारीहरू स्वयच्छिक रुपमा जागिर खाने हुन् ।
अतिरिक्त पैसा कमाउनाले व्यक्तिगत जीवन जिउन सजिलो हुने र खुशीपूर्वक काम गर्न सकिने एसपी बोगटीका भनाई कोड गरेर समाचारमा आएपछि आश्चर्य चकित तुल्याएको छ ।
जुनियर प्रहरी अधिकृतको तलब थोरै हुने र पैसा कमाउन बढी मिहेनत गर्नुपर्ने तथा आयआर्जनको वैकल्पिक माध्यमबारे सोच्नुपर्ने बाध्यता रहेको बोगटीले बताउने गरेको उल्लेख छ ।
प्रहरीकै हाकिमहरूले मिटर ब्याजमा पैसा लगानी गर्ने, जग्गा खरिद गर्ने जस्ता कार्य गरेको भनेर बेलाबेला समाचार आउने गरेका छन् ।
तत्कालीन डीआईजी नवराज सिलवाल मिटर ब्याज र जग्गा काण्डको विवादमा मुछिएका थिए । सिलवाल जस्ता धेरै प्रहरी उच्च अधिकारीहरू मिटर ब्याजमा सक्रिय रहेको चर्चा हुने गरेको छ ।
स्याङ्जामा ५०० प्रहरी कार्यरत रहेको र तीमध्ये ७५ प्रतिशतले डिम्याट खाता खोलेको जानकारी एसपी बोगटीले बताएको समाचारहरूमा उल्लेख छन् ।
स्याङ्जाका लगभग सबैजसो प्रहरीलाई आइपीओ भर्ने जानकारी सिकाउन अभिमुखीकरण तालिम पनि सिकाइएको समाचारमा उल्लेख छ ।
एमाले नेतृ एवम् तत्कालीन भूमिसुधार मन्त्री पदमा अर्यालको पावर लगाएर स्याङ्जा जिल्लाको प्रमुख बनेर आएको आरोप खेप्दै आएका एसपी बोगटीले शान्ति सुरक्षालाई भन्दा प्रहरीलाई व्यापार लगाएपछि सर्वसाधारण चकित परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया