तीन शीर्ष नेताबीच वार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।

देउवाले आइतबार बिहान बालुवाटारमा दाहाल र नेपालसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन् । कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन् ।

कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा सरकारमा जाने तयारीमा छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए ।

माओवादीका अध्यक्ष दाहालले शनिबार पनि प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए ।

Published : Sunday, 2021 August 29, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया