महाधिवेशनबारे महामन्त्री खड्काको कुराले सबै भ्रम तोड्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनका विषयलाई लिएर आएका भ्रमपूर्ण कुराहरूमा ध्यान नदिएर भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनमा केन्द्रित हुन अपील गरेका छन् ।

महामन्त्री खड्काले शनिबार राति ट्वीट गर्दै महाधिवेशनका विषयमा कुनै अन्यौलता नरहेको बताए । उनले भदौ १८ गतेदेखि शुरु हुन लागेको वडा अधिवेशनलाई उत्सवका रुपमा देशभरि एकसाथ मनाउन अनुरोध गरेका छन् ।

‘अब कहिँ कतै भ्रम नरहोस् । अन्यौल र अलमलमा नपरौँ । भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ’, महामन्त्री खड्काले भनेका छन् ।

‘योसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रकृया प्रारम्भ हुन्छ । पार्टीका सबै तहका नेता, पार्टी सदस्यहरू, शुभचिन्तकहरू हामी सबै पार्टीको महाधिवेशनरुपी महायज्ञमा जुटौँ’, महामन्त्री खड्काले भनेका छन् ।

१४औँ महाधिवेशन हुने वा नहुने भनेर विभिन्न अड्कलबाजी भइरहेका बेला महामन्त्री खड्काले भ्रममा नपर्न अनुरोधसहित महायज्ञमा होमिन आग्रह गरेका छन् ।

Published : Saturday, 2021 August 28, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया