कामभन्दा मुख धेरै चलाउने महेश बस्नेतलाई तरुण दलले औकात देखाइदिने, धेरै चुरीफुरी नगर्न चेतावनी

भक्तपुर । नेपाल तरुण दल सूर्यविनायक नगरपालिका नगर कार्यसमितिका अध्यक्ष उमेश अधिकारीले एमालेका नेता महेश बस्नेतलाई अकौतमा बस्न चेतावनी दिएका छन् ।

शनिबार साँझ रिपब्लिका दैनिकसँग कुरा गर्दै तरुण अध्यक्ष अधिकारीले एमाले नेता बस्नेतलाई निर्वाचनमा हराउन आफू नै काफी रहेको बताएका हुन् । उनले प्रतिनिधि सभाको सांसद जस्तो व्यक्तिले आफ्नो अभिव्यक्ति र पदीय मर्यादाको कदर गर्न सुझाव दिएका छन् ।

‘महेश बस्नेतलाई हराउन अरु कोही चाहिँदैन भक्तपुरका हामी तरुण नै काफी छौँ’, अधिकारीले चेतावनी शैलीमा भनेका छन्, ‘महेश बस्नेतज्यू औकातमा बस्नुस् । पदीय मर्यादा र गरिमालाई ख्याल गर्नुस् ।’

उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग होइन मसँग प्रतिस्पर्धा गरेर देखाउनुस् । तपाईलाई भक्तपुरका हामी तरुणले हराउँछौँ । देउवासँग होइन अबको निर्वाचनमा तपाई र मबीच प्रतिस्पर्धा हुनेछ । धेरै चुरिफुरी नगर्नुस् ।’

एमालेका नेता बस्नेतले भक्तपुरमा गरेका कामको स्वयत पत्र जारी गर्न तरुण अध्यक्ष अधिकारीले चुनौती दिएका छन् । ‘तपाईले के–के काम गर्नुभयो ? स्वयत पत्र जारी गरेर देखाउनुस्’, अधिकारीले भने, ‘सांसद विकास कोषको बजेट तपाई मात्रै होइन देशभरिका सासंसदले वितरण गरेका छन् । त्यसको के कुरा गर्नु हुन्छ ? तपाईको दुईतिहाइको सरकार हुँदा के गर्नुभयो ?’

बुधवार राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमी नगर कमिटीको पूर्ण बैठक तथा मध्यपुरबाट जिल्ला कमिटीमा मनोनीत भएका नेताहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बस्नेतले कांग्रेस सभापति देउवाविरुद्ध नानाभाती अभिव्यक्ति दिएका थिए ।

कांग्रेस सभापति देउवालाई अत्यन्तै तल्लो र घृणा हुने खालका अभिव्यक्ति दिँदै भक्तपुरबाट निर्वाचनमा उम्मेदवार भएमा देउवालाई पराजित गर्ने हाँसो लाग्ने अभिव्यक्ति दिएका थिए ।

लगातार प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका देउवालाई सांसद अपहरणको आरोप लाग्दै आएका एमाले नेता बस्नेतले हराउँछु भनेर बोलेपछि भक्तपुर तरुण दल फायर भएको छ ।

Published : Saturday, 2021 August 28, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया