कांग्रेसद्वारा क्रियाशील सदस्यहरूको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले टुङ्ग्याएको क्रियाशील सदस्यहरूको नामावली बेबसाइटमा प्रकाशित गरेको छ ।

कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा शुक्रबार थप १० जिल्लाको नामावली प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले यसअघि बिहीबार ३८ जिल्लाको नामावली प्रकाशित गरिएको थियो ।

सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइसकिएको समितिका संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरू

१. ताप्लेजुङ, २. पाँचथर, ३. इलाम, ४. संखुवासभा, ५. तेह्रथुम, ६. खोटाङ, ७. सोलुखुम्बु, ८. ओखलढुंगा, ९. उदयपुर, १०. झापा, ११. दोलखा, १२. रामेछाप, १३. सिन्धुली, १४. भक्तपुर, १५. गोरखा, १६. लम्जुङ, १७. तनहुँ, १८. कास्की, १९. मनाङ, २०. मुस्ताङ, २१. पर्वत, २२. स्याङ्जा, २३. म्याग्दी, २४. नवलपुर (वर्दघाट सुस्तापूर्व), २५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), २६. रुपन्देही, २७. पाल्पा, २८. रुकुम (पूर्वी भाग), २९. रोल्पा
३०. रुकुम (पश्चिम भाग), ३१. जुम्ला, ३२. मुगु, ३३. हुम्ला, ३४. बझाङ, ३५. डोटी, ३६. दार्चुला, ३७. बैतडी, ३८. कञ्चनपुर

भदौ ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु

३९ धनकुटा, ४०. भोजपुर, ४१. गुल्मी, ४२. प्यूठान, ४३. दाङ, ४४. सल्यान, ४५. कालिकोट, ४६. जाजरकोट, ४७. दैलेख, ४८. अछाम

Published : Friday, 2021 August 27, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया