निधीको खराब ओपनिङ, नाम चलेका नेता कोही पनि देखिएनन्

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधीले १४औँ महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको बानेश्वरस्थित थापागाउँको बानेश्वर ब्याङ्केटलाई भाडामा लिएर निधीले शुक्रबार दलबलसहित उद्घाटन गरेका हुन् । निधीले आफूले सभापति पदमा उम्मेदवारी घोषणा गरेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

कार्यक्रमलाई केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा निधीका सबैभन्दा निकटका केन्द्रीय सदस्य अनानन्दप्रसाद ढुंगानाको नाम उद्घोषकले लिएका थिएनन् ।

निधीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पर्साका सभापति अजय द्विवेदी, नेतृ सुशीला स्वाँर, सांसद लक्ष्मी परियार, गोविन्द पोखरेल, विनोद भट्टराई, होमनाथ दाहाल, केन्द्रीय सदस्य चन्द्र भण्डारी, नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीको नाम उद्घोषकले लिएका थिए ।

धादिङका सभापति रमेश धमला, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, ललितपुरका सभापति मदनबहादुर अमात्य, सांसद दीब्यमणि राजभण्डारी, वरिष्ठ पत्रकार किशोर नेपाल, आईबी गुरुङ, प्रदेश सांसद शोभा लामा, ललितपुरका सभापति मदनबहादुर अमात्य, डडेल्धुराका सभापति कर्णबहादुर मल्ल, धनुषाका सभापति रामसरोज यादव, आनन्दसन्तोषी राई लगायतको नाम आसन ग्रहणका लागि उद्घोषकले लिएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति भरत शाह, ओमप्रकाश शर्मा, धनुषाका सभापति महेशचन्द्र गिरी, सुरेश मल्ल, शिवचन्द्र चौधरी, मीनाक्षी झा, मञ्जु यादव, पूर्वसांसद महेन्द्र यादव, राधेचन्द्र यादव, नरेश महतो, सुर्खेतका सभापति कमलराज रेग्मी, पूर्वसांसद प्रेमकिशोर यादव, नरेश यादव, पुरुषोत्तम दाहाललगायतलाई आसन ग्रहणका लागि उद्घोषक रामजी दाहालले नाम बोलाएका थिए ।

कार्यक्रममा प्रदेश २ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 August 27, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया