फोटो देखेर यी कम्युनिस्ट नेतृको पारो चढ्यो

काठमाडौं । एमालेकी नेतृ एवम् प्रतिनिधि सभाकी सचेतक शान्ता चौधरीलाई आफ्नै एउटा तस्विर ‘इरिटेड’ भएको छ ।

एमालेका तत्कालीन नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग उभिएको तस्बिरले चौधरीलाई हैरान बनाएको हो । सामाजिक सञ्जालमा एमालेको बल्खुस्थित पार्टी कार्यालयको मूल गेटमा नेता नेपालसँग उभिएर कुरा गर्दै गरेको तस्बिर भाइरल बनेपछि चौधरीलाई रिस उठेको छ ।

नेता नेपाल त्यस बेला एमालेको महासचिव थिए । उनै नेता नेपालको आशीर्वादले शान्ता समानुपातिक सांसद बनेर दाङबाट एकै पटक संसद भवन छिरेकी थिइन् ।

नेपालसँग राम्रो सम्बन्ध रहेका प्रकाश ज्वालाले पनि नेतृ चौधरीलाई एमालेको राजनीतिमा ठूलो सहयोग गरेका छन् । त्यस बेला ज्वाला राप्ती अञ्चलको इञ्चार्ज थिए ।

कमलरीको नाममा भजाएर राजनीतिक लाभ लिनेमा चौधरी अग्रपंक्तिमा छिन् । अहिले पनि चौधरीले कमलरीका कुरा गरेर सहानुभूति बटुल्ने गर्छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ चौधरीले भनेकी छिन्, ‘बारम्बार मेरो यो एउटा तस्बिर देखाएर व्यक्तिको दास बन्न मनोवैज्ञानिक दबाब दिनेहरूलाई मेरो आग्रह छ । आस्थाले जोडेको सम्बन्ध बिचार मिल्दासम्म जोडिन्छ । तर, बिचार नमिलेका दिन तोडिन्छ ।’

‘बिचारको सम्बन्ध र व्यक्तिगत सम्बन्ध अलग कुरा हो । बिचार नमिल्दा पनि व्यक्तिगत सम्बन्ध र सम्मान रहिरहन्छ’, चौधरीले लेखेकी छिन्, ‘हिजो तलाई गुन लगाउनेको जीवनभर पिछालग्गु हुन पर्थ्यो किन हुन सकिनस् ? भन्ने चिन्तनसँग मेरो असहमति छ ।’

‘राजनीतिक मुद्दामा बहस चलेका बेला यस्ता गैरमार्क्सवादी तर्क गर्नेसँग मलाई दया लाग्छ’, चौधरीले भनेकी छिन्, ‘अझै जो जसले व्यक्तिका पछाडि होइन बिचारका पछाडि लाग्नपर्छ भनेर अरुलाई अर्ती दिने गर्दछन् तिनैले यस्ता ‘कु’तर्क गरेर सामाजिक सञ्जाल रंगाएको देख्दा त झनै अनौठो लाग्छ ।’

केही दिनदेखि नेता नेपालसहितका १४ सांसदको सांसद पद खारेजीको माग गरेर सभामुख अग्निप्रसाद सापकोटाको कार्यालय घेराउन गर्न थालेपछि नेतृ चौधरीको आलोचनाहरू भएका छन् ।

चौधरीले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई साथ दिएकी छिन् । ओलीकै कारण नेपालसहितका नेताहरू एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न बाध्य भएका छन् ।

एमालेको राजनीतिमा लागेपछि नेतृ चौधरीको आर्थिक अवस्था पनि ह्वात्तै माथि उठेको छ । उनको आर्थिक अवस्थालाई देखेर सहपाठीहरू पनि चकित छन् ।

Published : Sunday, 2021 August 22, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया