नरेन्द्र मोदीको पार्टीका शक्तिशाली नेता काठमाडौंमा, देउवासँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भएको भेटवार्ताको तस्विर भाजपाका नेता चौथाईवालेले आइतबार राति समाजिक सञ्जालमार्फत् सार्वजनिक गरेर जानकारी दिएका छन् ।

भेटमा दुई देशबीचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन् । भेटवमा सहभागी डा.महतले भने, ‘दुई देशबीचको सम्बन्ध, समग्र राजनीतिक विषय । सहयोग आदान प्रदानका विषयमा सम्वाद भएको छ ।’

चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएको डा.महतले बताएका छन् ।

Published : Sunday, 2021 August 22, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया