गढीमा विभिन्न दल त्यागेर १९७ जना कांग्रेसमा प्रवेश, इन्द्र बानियाँद्वारा स्वागत
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले विभिन्न दलका १९७ जना नेता कार्यकर्ता र समाजसेवीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
मकवानपुर जिल्लाको गढी गाउँपालिकामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा वडा नम्बर ३ र ४ का १९७ जना अग्रज ब्यक्तित्वहरू बिभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको नेता बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले जानकारी दिए ।
एमाले, माओवादी, राप्रपासहित विभिन्न दलमा रहेका नेता कार्यकर्तालाई बानियाँले पार्टीमा स्वागत गरेका हुन् । उनले नवप्रवेशीहरूलाई स्वागत गर्दै कांग्रेसले अरुले जस्तो रकमे कुरा नगर्ने बताए ।













Published : Sunday, 2021 August 22, 10:36 am
Comments are closed.
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया