पाँच महिनाभित्रै ओली जिल पर्ने देउवा–श्रेष्ठको प्रशंसनीय काम, कांग्रेसको इज्जत राखे
काठमाडौं । पाँच हप्तामा थप ४८ लाखभन्दा बढीले कोरोनोविरुद्धको खोप लगाएका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप लगाउनेको यो संख्या थपिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ ।
देउवा प्रधानमन्त्री भएपछि खोप लगाउनेको संख्या ४८ लाख ११ हजार ७३३ थपिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सचिवालयले जनाएको छ ।
दुवै डोज खोप लगाउनेको संख्या भने ३७ लाख आठ हजार ६८८ पुगेको तथ्यांक छ ।
कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि जनाएको छ ।
पहिलो डोज लगाउने जनसंख्या भने १६.८ प्रतिशत पुगेको छ । पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बरले बढेको छ ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ ।
चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा सरकारले गरिसकेको छ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सार्वजनिक स्थानहरूमा कोरोनाविरुद्धको खोपका विषयमा ठूला गफ लगाएपनि देउवा प्रधानमन्त्री बनेपछि खोपमा उल्लेख्य प्रगति भएको छ । राज्यमन्त्रीमा श्रेष्ठ आएपछि झन् राम्रो काम भएपछि ओलीलाई बालकोटमा तनाव भएको चर्चा छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया