राज्यमन्त्री श्रेष्ठले क्यान्सरका बिरामीका लागि बोल्ड निर्णय गर्ने, कांग्रेसको यसरी इज्जत राखे
भरतपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाइने बताएका छन् ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमीन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट क्यान्सर अस्पताल परिसरमा बनाउनु पर्ने मन्त्री श्रेष्ठले बताएका हुन् ।
शनिबार अस्पतालको निरीक्षणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै श्रेष्ठले क्यान्सर अस्पतालको ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्यूट बन्न नसक्ने बताए ।
राज्यमन्त्री श्रेष्ठले अस्पतालको वार्डहरूमा उपचार गराइरहेका क्यान्सर रोगका बिरामीहरूसँग प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्था र उपचारको विषयमा जानकारी लिएका थिए । श्रेष्ठले क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग हुने गरेर नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्णयहरू गर्ने आश्वासन दिए ।
सरकारले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइरला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरि अध्ययन, अनुसन्धान लगायतका कार्यका लागि इन्स्टिच्यूट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकोमा चौतर्फी बिरोध भइरहेको समयमा नवनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्यूट राख्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले क्यान्सर रोगसम्बन्धि अध्ययन र अनुसन्धान केन्द्रका रुपमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विकास गरिने बताए ।
‘राजनेताको नाममा स्थापना भएको यस अस्पतालको विकासमा सरकारले कुनै कसर राख्दैन’, राज्यमन्त्री श्रेष्ठले भनेका छन् ।
क्यान्सर रोग पहिचान गर्ने पेटस्क्यान लगायतका महत्वपूर्ण उपकरण भित्र्याएर अस्पताललाई सुबिधा सम्पन्न बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले क्यान्सरका बिरामीका लागि सरकारले उपलव्ध गराउँदै आएको रु. १ लाखलाई बढाएर ३ लाख पुर्याइने बताएका छन् ।
क्यान्सर रोगको उपचार सहज बनाउन प्रदेशस्तरमा अस्पताल स्थापना गरि यसलाई रिफरल सेन्टर बनाउनुपर्ने उनले बताएका छन् ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले इन्स्टिच्यूट भरतपुरमा बनाउन र क्यान्सर उपचारमा दिँदै आएको रु.१ लाख सहयोगलाई बढाएर कम्तिमा ३ लाख पु¥याउन अनुरोध गरेका छन् ।
अस्पतालका अध्यक्ष डा.निर्मल लामिछाने, कार्यकारी निर्देशक डा.देजकुमार गौतम र उप–निर्देशक डा.कृष्णसागर शर्माले अस्पतालका गतिबिधिका बारेमा जानकारी दिएका थिए ।





बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया