ठाकुर समूह सरकारमा जान आतुर, महतोलाई उप–प्रधानमन्त्री चाहियो

काठमाडौं । महन्थ ठाकुर समूह सरकारमा सहभागी हुन आतुर बनेको छ । नयाँ दल दर्ताका लागि ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको २४ घण्टा नपुग्दै सरकारमा जान खुट्टा उचालेर बसेका हुन् ।

ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुन दवाव सिर्जना गरेको एक नेताले बताएका छन् । महतोले उप–प्रधानसहितका मन्त्रालयहरू मागेर सरकारमा जान दवाव सिर्जना गरेका हुन् । ठाकुर समूहमा महतोको दब्दबा छ । महतोको निर्णयलाई ठाकुरले काट्न सक्दैनन् ।

महतोकै कारण ठकुर झण्डै दल विहीन बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर जस्तो नेतालाई दल विहीन बनाउन नहुनेभन्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नयाँ दल दर्ताका लागि मौका दिएका थिए ।

ठाकुरमा सुधार आउनुपर्नेमा धेरै नेताहरूको सुझाव छ । महतोका कारण तनावमा परेका ठाकुरलाई विभिन्न खालका दवावहरू सिर्जना भइरहेका छन् ।

महतोलाई उप–प्रधानसहितका मन्त्रालय चाहिएको छ । महतोलाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई रुचि छैन ।

Published : Saturday, 2021 August 21, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया