सूर्यविनायकमा श्री लालीगुराँसको छैठौँ काउन्टर स्थापना
पुल्चोक । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौँ सदस्य सुबिधा काउन्टर भक्तपुर जिल्लाको सूर्यविनायकको पाण्डुबजारमा खुलेको छ ।
नयाँ काउन्टरबाट संस्थाले शुक्रबारबाट कारोबार शुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले काउन्टरको उद्घाटन गरेका छन् । अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न सदस्य सुविधा काउन्टर थप गरिरहेको बताए ।
उनले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताए ।
संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधा उपलब्ध गराएको जानकारी दिएका छन् ।
संस्थाले हालसम्म करीव ३ सयभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको छ ।
डिभिजन सहकारी कार्यालय ललितपुरमा बिक्रम संवत २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२औँ वर्षमा शेयर सदस्यलाई सुविधा दिइरहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि, कलेज प्रा.लि. र नेशनल एकेडेमी, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरूमा लगानी गरेको छ ।
संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ ।
संस्थाले सदस्य सुविधा काउण्टरलाई बृद्धि गरी निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप ६ स्थानहरूमा थप सुविधा काउण्टरहरू संचालन गरी संस्थाले आफ्नो सेवाहरू विस्तार गर्ने तयारी भैरहेको भण्डारीको भनाई थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया