साथीलाई सहयोग गर्न जमानी बस्दा जलजलाका अध्यक्ष यसरी फसाइए
कुश्मा । बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसलाई लिएर जिल्ला अदालत कास्कीले गरेको फैसलाले पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ विनाकारण फसेका छन् ।
मल्लले बोहराको गाडी खरिदमा आफूलाई साक्षी राखेका थिए । बोहराले समयमा गाडीको पैसा नतिरेपछि ध्रुबबहादुर थापाले अदालतमा मुद्धा दिएका थिए । अदालतले सो विषयमा फैसला गर्ने क्रममा मल्ललाई दोषी देखाएको हो ।
मल्लले आफूविरुद्ध मुद्धा परेको जानकारी समेत पाएनन् । मुद्धाको प्रतिउत्तर समेत लगाउन नपाएर फैसाला भएको जानकारी पाउँदा मल्ला तनावमा छन् ।
बसका मालिक बोहराले यो विषयमा अध्यक्ष मल्लको दोष नरहेको बताएका छन् । उनले काम गर्ने क्रममा आफूबाट कमजोरी भएको भन्दै गाडीमा दिइने ऋणले धेरैको घरबार बिग्रिएको र त्यसका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
लेनदेन मुद्दामा जिल्ला अदालत कास्कीले चैत २७ गते मल्ललाई ६ महिना कैद सजाय सुनाएको थियो । बसको फाइनान्स नबिल बैंकले गरेको छ । मल्लले जुन विषयमा सजाय पाएका छन् त्यो बस मल्लको नाममा छैन । बस हिमालयन निन्नोभेन्ट प्रालि र बाग्लुङका बोहराको नाममा छ । सोही कम्पनीले बसलाई तानेर राखेको छ ।
अध्यक्ष मल्ल दश वर्ष अगाडि गाडीको जमानी बसेका थिए । जमानी बसेको आधारमा अदालतले दोषी ठहर गरेको मल्लले बताएका छन् । साथीभाइको भलोका लागि जमानी बस्दा अध्यक्ष मल्लको सामाजिक प्रतिष्ठामा धक्का लागेको छ ।
अध्यक्ष मल्लले थापालाई दिनुपर्ने १५ लाख रुपियाँ पठाइसकेका छन् । मल्ल साथीभाई र सहयोग चाहनेहरूका लागि हरेक समय तयार रहन्छन् । उनले गरेका राम्रा कामका कारण लोकप्रिय छन् । मल्ललाई फसाउन आफ्नै निकटका बेलाबेला लाग्दै आएका पनि छन् ।
फोर्स गाडीका विषयमा १० वर्ष अगाडि २०६८ सालमा कारोबार भएको थियो । गाडी पनि थापाको कम्पनीले तानेर राखेको छ ।
अध्यक्ष मल्लले जिल्ला अदालतको फैससलालाई आफूले मान्ने बताउँदै जमानी बस्दा आफूले तिर्नुपर्ने दायित्व तिर्न तयार रहेको बताए । मल्लले भनेका छन्, ‘कस्तो कलियुग ? जे मन लाग्यो त्यही गर्न पाइने कहिँ कतै, कुनै कानून नलाग्ने ।’
‘धेरै छ गर्नुपर्ने पार्टीको महाअधिबेशन र चुनावलाई धेरै ठूलो नठानौँ । आफ्नो स्वार्थको लागि जे मनलाग्छ तो नगरौं’, उनले भने, ‘सत्यको सधै विजय हुन्छ ।’
उनले भनेका छन्, ‘न्यायालयले भनेको मानुपर्ने नेपालको कानून छ । तर, नागरिकलाई खबर वा जानकारी नै नगरी निर्णय गर्ने कस्तो न्यायालय हो ?’
‘कस्तो कानून बोलो कि टोलो भन्थे यहीँ रहेछ । कसैलाई सहयोग गरौँ । कसैको जमानी बस्दिँदा उसले नतिरे मैले तिर्नेछु भनेर भन्दैमा मुद्दा हाल्नु पर्ने’, उनले भने, ‘कानन जतागए पनि जावस् कसरी हुन्छ ? दुःख दिन पाए भन्ने मात्रै छ ।’
उनले भनेका छन्, ‘यस्तो छ हाम्रो समाजको चलन । सत्यको विजय आज नहोला, भोलि नहोला तर, पर्सि त अवश्य हुन्छ ।’




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया