एमाले फुटाएको अर्को दिन नेपाल बालुवाटारमा, दाहाल पनि सँगै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान तीन शीर्ष नेताहरूका बीच मुलुकको पछिल्लो राजनीतिक घटना, मन्त्रिपरिषद विस्तार र अन्य विविध विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने विषयमा दाहाल र नेपालसँग परामर्श गरेको बालुवाटार स्रोतले जनाएको छ ।

बुधबार एमाले फुटाएर नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । दल दर्ताको निवेदन दिएको अर्को दिन नेपाल र दाहालले प्रधानमन्त्री देउवासँग परामर्श गरेका छन् ।

भेटवार्तामा बागमती प्रदेशको मुख्यमन्त्री पदको शपथ लिएकी अष्टलक्ष्मी शाक्य र प्रदेश नं. १ मा नयाँ सरकार गठनका विषयमा छलफल भएको बुझिएको छ ।

Published : Thursday, 2021 August 19, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया