सत्ताफुत्किएको आक्रोश शंकर पोखरलले यसरी पोखे, एमालेले औकात देखायो

बुटवल । एमालेले लुम्बिनी प्रदेश सभा बैठक अबरोध गरेर सत्ता फुत्किएको आक्रोश पोखेको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकको शुरुमै एमालेका सांसदहरूले बोलेर नारावाजी र घेराउ गरेका थिए ।

एमालेका शंकर पोखरेलले केही दिन अगाडि मात्रै मुख्यमन्त्री पद गुमाएका थिए । पोखरेलकै निर्देशनमा एमालेका सांसदले संसद बैठक अबरोध गरेका हुन् ।

एमालेका सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने माग गरे । त्यसपछि एमाले सांसदहरू उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरेका छन् ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेले दिएको पत्रमा प्रशासनिक प्रक्रिया शुरु गरिएको बताएका छन् ।

एमालेले लुम्बिनी प्रदेशमा सत्ता फुत्किएको आक्रोश संसद अबरोध गरेर निकालेको छ । हुन त एमालेले काठमाडौंमा प्रहरीमाथि ढुंगा बर्साएर मंगलबार उत्पात मच्चाउन खोजिसकेको छ ।

दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णयविरुद्ध युवा संघले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीमाथि आक्रमण गरेका थिए ।

सत्ता बाहिर रहेका बेला कांग्रेसले कहिल्यै पनि एमालेले जस्तो उत्पात मच्चाएन । तर, सत्ता फुत्किनेवित्तिकै एमाले औकातमा आएको छ ।

Published : Wednesday, 2021 August 18, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया