रामहरिले जति हिम्मत गर्न नसक्ने कांग्रेसका यी हुतिहाराहरू, चारताराको इज्जत फाले
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सबै केन्द्रीय सदस्यहरूलाई वडाबाट वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्न चुनौती दिएका छन् ।
कांग्रेस नेता खतिवडाले शुक्रबार ट्वीट गर्दै हिम्मत भए वडा, क्षेत्र र जिल्ला हुँदै महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका हुन् ।
‘नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरू पनि अब पार्टीको चुनावमा जिल्लामा निर्वाचित नभई महाधिवेशन प्रतिनिधि हुने रे ?’, प्रश्न गर्दै खतिवडाले भने, ‘अलि लाज भो । हिम्मत भए सबै केन्द्रीय सदस्यहरू वडा हुँदै जिल्लाबाट निर्वाचित भएरै आउने प्रयास गरौं । आफ्नो हैसियत जिल्लामा हेरौँ । हुन्न र ?’
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग गरेर केन्द्रीय कार्यसमितिको बैठकमा सामूहिक राजीनामा दिने भनेर दिएको धम्कीका विषयमा जवाफ दिँदै खतिवडाले वडाबाट निर्वाचित भएर आउन सुझाव दिएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा कतिपय केन्द्रीय सदस्यहरू वडा सदस्य जित्न पनि नसक्ने हैसियत भएकाहरू छन् । आरक्षण र नेताहरूको जोडबलले गर्दा केन्द्रीय सदस्य बनेका छन् । ती केन्द्रीय सदस्यलाई वडाबाट जितेर आउन ठूलो समस्या छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया