हेटौँडामा एसपी राठौरको हर्कतले सीमा नाघ्यो, कांग्रेसबाट निर्वाचित वडाध्यक्षलाई अपमान
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) सोमेन्द्रसिंह राठौरको आतंकले सीमा नाघ्ने अवस्थामा पुगेको छ ।
मकवानपुर जिल्लाको नेतृत्व सम्हालेसँगै एसपी राठौरले विभिन्न विवादमा परेको आरोप छ । राठौरको हर्कतले मकवानपुर जिल्लाका सर्वसाधारणले सुरक्षितभन्दा पनि असुरक्षित महसुस गरेको चर्चा छ ।
एसपी राठौरको आतंकको उजुरी प्रहरी हेडक्वाटरसम्म पुगेको चर्चा छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई समेत एसपी राठौरको चर्तिकलाको जानकारी गराइएको छ । निषेधाज्ञा कडा बनाउने बहानामा राठौरले दमन गरेको आरोप स्थानीयको छ ।
हेटौंडा उप–महानगरपालिका–५ का वडाध्यक्ष राजेश बानियाँले एसपी राठौरले बुधबार जिल्ला प्रहरी कार्यालयमा मुखमा आए जति छाडा शब्दले गाली गरेर अपमान गरेको कुराले हेटौँडा बजार तात्तिएको छ । बानियाँ नेपाली कांग्रेसका नेता समेत हुन् ।
वडाध्यक्ष बानियाँले आफूमाथि भएको दुर्व्यवहार सामाजिक सञ्जालमा समेत लेखेका छन् । प्रहरीले जनता र विशेषगरी व्यापारी र व्यवसायीलाई दुःख दिन थालेको गुनासो आएपछि वडाध्यक्ष बानियाँ सहजीकरणका लागि प्रहरी कार्यालय जाँदा एसपी राठौरले दुर्व्यवहार गरेको आरोप छ ।
प्रहरीले बुधबार साँझ केही व्यवसायीलाई निषेधाज्ञाको समयमा व्यवसाय खोलेको भन्दै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।
व्यवसायीलाई जबर्जस्ती र धरपकड गरी प्रहरीले नियन्त्रणमा लिएपछि डीएसपीसँग कुरा गरिरहेका बेला एसपी राठौरले आफूमाथि अभद्र व्यवहार गरेको वडाध्यक्ष बानियाँले बताएका छन् ।
‘म डीएसपी साहेबसँग कुराकानी गर्दै थिएँ, एक्कासि उहाँ आएर, भोटको राजनीति गर्ने ? मेरो सिधै प्रधानमन्त्रीसम्म पहुँच छभन्दै अभद्र व्यवहार गर्नुभो’, वडाध्यक्ष बानियाँले लेखेका छन्, ‘गृहमन्त्रीको कुरा निकालेर आफू सुशील कोइराला प्रधानमन्त्री हुँदा पीएसओ बसेको भन्दै पहुँचको दम्भ प्रस्तुत गर्नुभयो ।’
एसपी राठौरले गृहमन्त्रीले पनि आफूलाई केही गर्न र भन्न नसक्ने बताउँदै वडाध्यक्ष बानियाँप्रति एकोहोरो गाली गरेको आरोप छ ।
वडाध्यक्ष बानियाँसँगै प्रहरी कार्यालय गएका एक जनाले त्यतिबेला एसपी राठौरको व्यवहार अनौठो देखिएको बताएका छन् ।
वडाध्यक्ष बानियाँको स्टाटस
मलाई एसपी सोमेन्द्रसिह राठौरले हिजो जिल्ला प्रहरी कार्यालयमा गरेको व्यबहारको बारेमा विभिन्न अन्लाईन मिडियाका साथीहरूले चासोको साथ सोधिरहनु भएको छ । म वडाबासीको हितको निमित्त सधैं अग्रपंक्तिमै रहने गर्छु । मेरो वडाका वडाबासीको चिन्ता मैले लिनु स्वभाविक हो । हिजो बेलुका पसल खोल्ले क्रममा दिइएको समयभन्दा केही समय बढी पसल खोलेको भनी प्रहरीले मेरो वडाका ब्यबसायीलाई धरपकड गरेर लगेको खबर प्राप्त भएपछि म जिल्ला प्रहरी कार्यालय गएको थिएँ । त्यहा मिल्छ भनी भोलि उपस्थित हुनेगरि ब्यबसायी सञ्चालन गर्नेहरूलाई कागज गरि छोडी दिन मैले डीएसपीसँग अनुरोध गरेको थिएँ । त्यसै बखतमा एसपी सर आउनु भयो र हामीलाई बोलाउनु भयो ।
म लगायत केही मेरा साथी तथा ब्यबसायीहरूसँगै हुनुहुन्थ्यो । हामी केही बोलेका थिएनौ । तर उहाँले जे शब्द प्रयोग गर्नु भयो त्यो शब्द सहन सक्ने नै थिएन । उहाँले प्रयोग गर्नु भएको शब्द सायद त्यहा सीसीटीभीको क्यामेरा छ भने कैद नै होलान नभए त्यहाका प्रहरी अधिकृत तथा मसँगै भएका साथीहरू साँक्षीनै छन् । जीवनमा पहिलो पटक प्रहरीबाट यस्तो दुर्व्यवहार हुँदा रातभर निदाउन सकिन । तिमीहरू गृह मन्त्रीलाई भन्छौ भने म प्रधानमन्त्रीलाई भन्छु हरेक कुरामा दादागिरी आएर चलाउनुस् प्रहरी प्रशासन मैले पनि चिनेको छु नेताहरू म पनि कुनै बेला डीएसपी भएर कसैको पीएसओ भएर काम गरेको हुँ ।
धेरै फुर्ती नलगाए हुन्छ भन्ने अभिब्यक्ति मलाई सहन गाह्रो परेको सत्य हो । म एउटा जनप्रतिनिधिलाई यस्तो व्यबहार भोग्नु पर्छ भनी अरु सर्बसाधारणले कस्तो अपेक्षा गर्ने । मैले मेरो वडाबासीको बारेमा बुझ्न जान पाउनी कि नपाउने ? उहाँले बोलेका कुरा सायद क्यामरा कैद होलान सुन्न मिल्छ भनी एसपी सर हजुरले बोलेका कुरा एकपटक कतै कैद छ भने सुन्नुहोस । मैले के बोलेको छु भनेर ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया