कांग्रेस सांसद मुसलमानको खुलासाले विष्णु पौडेलको सातो गयो, ओली हेरेको हेरै
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले भैँसेपाटी र बालुवाटारका सुकुम्बासीलाई जग्गा दिन बनाएको सुकुम्बासीसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद मुसलमानले भैँसेपाटी र बालुवाटारका सुकुम्बासीलाई जग्गा दिने हो भने देवी ज्ञवाली नेतृत्वको आयोग जीवित राख्नुपर्ने अन्यथा खारेज गर्नुपर्ने बताएका हुन् । उनले सरकारले नयाँ आयोग बनाएर वास्तविक सुकुम्बासीलाई जग्गा दिने बताए ।
‘सुकुम्बासी आयोग किन विघटन गरियो भनेर प्रश्न उठिरहेको छ । नेपाली कांग्रेसले जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो’, सांसद मुसलमानले भनेका छन् ।
‘बालुवाटार र भैँसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजिएको होइन’, उनले भने, ‘बालुवाटार र भैँसेपाटीसम्म लालपुर्जा पुर्याउने हो भने पुरानो सुकुम्बासी आयोग जीवित राखे हुन्छ । नभए गरिव सुकुम्बासीलाई दिने हो भने नयाँ आयोग गठन गरेर नयाँ तरिकाले जमीन दिनुपर्छ ।’
एमालेका नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले बालुवाटारको सरकारी जमीन आठ आना आफ्नो छोरा नवीन पौडेलको नाममा राखेका थिए ।
रुपन्देहीमा सुकुम्बासीमा जग्गा कब्जा गरेर घर बनाएका विष्णु पौडेलले छोटो समयमा ललितपुरको भैँसेपाटी आवास क्षेत्रमा भव्य घर बनाएका छन् ।
एमालेका नेताहरूले सुकुम्बासीका नाममा उत्पात काण्ड मच्चाउँदै आएको आरोप छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई जागिर खुवाउन र नक्कल सुकुम्बासीलाई पोस्न आयोग गठन गरेको आरोप छ ।
देवी ज्ञवालीले एक वर्षमा २३ करोड रुपियाँ भ्याएका थिए । आयोगको अध्यक्ष रहेका बेला ज्ञवालीले सिन्को पनि भाँच्न नसकेको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया