स्व.सुशील कोइरालालाई फाउण्डेसनले यसरी सम्झियो
विराटनगर । सुशील कोइराला फाउण्डेसन, मोरङले नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२औँ जन्मजयन्ती विविध कार्यक्रम गरेर मनाएको छ ।
फाउण्डेसनले बिहीबार स्व.कोइरालाको जन्मजयन्तीका अवसरमा विराटनगरस्थित मानव सेवा आश्रममा रहेका दीनदुखीलाई भोजन खुवाएको छ ।
फाउण्डेसनकी केन्द्रीय अध्यक्ष मृदुला कोइरालाले स्व.सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा फाउण्डेसनको मोरङ कार्यसमितिले भोजन खुवाउने कार्यक्रम गरेको जानकारी दिइन् । उनले स्व.कोइरालाले मुलुकलाई दिएको योगदानको सबैले स्मरण गरिरहने बताएकी छिन् ।
आश्रमका दीनदुखीहरूलाई खीर–पुरी खुवाएर स्व.कोइरालाको स्मरण गरिएको छ । स्व.कोइरालाकै नेतृत्वमा मुलुकले संविधान पाएको थियो ।
फाउण्डेसनले विराटनगर महानगरपालिका–५ को त्रिमूर्ति चोकमा दीप प्रज्वलन गरी स्व.कोइरालाको स्मरण गरिएको छ ।
स्व. कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेसले औपचारिक कार्यक्रमहरू नगरे पनि फाउण्डेसनले विविध कार्यक्रम गरेर स्मरण गरेको छ ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया