तरुण विभागले केन्द्रीय र जिल्ला अध्यक्षहरूसँग सल्लाह गरेर सदस्य बनाउनुपर्छ: अध्यक्ष लामा
सुकुटे । नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले तरुण विभागले क्रियाशील सदस्यता नै नरहेका व्यक्तिलाई विभागको केन्द्रीय सदस्यमा धमाधम मनोनीत गरेको भन्दै चिन्ता जनाएका छन् ।
नेपाल तरुण दल भक्तपुरले बिहीबार सिन्धुपाल्चोकको सुकुटेमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै लामाले तरुण विभागले आफ्नो गरिमालाई घटाउने गरेर काम गरिरहेको गुनासो गरे ।
उनले तरुण दलका अध्यक्षहरूसँग परामर्श र समन्वय गरेर तरुण विभागले मनोनीत गर्नुपर्ने बताए ।
उनले भने, ‘कांग्रेसको तरुण विभाग नेपाल तरुण दललाई काउन्टर दिन बनेको हो कि ? हामीलाई चित्त नबुझेको हो । तरुण दलको केन्द्रीय अध्यक्ष र जिल्लाको अध्यक्षसँग विभागले सल्लाह र परामर्श गरेर मनोनीत गर्दा अझै राम्रो हुन्छ ।’
उनले सिन्धुपाल्चोकका तरुणका विषयमा धेरै अध्यक्ष दोर्जे लामालाई जति थाहा हुन्छ अरुलाई नहुने बताएका छन् ।
‘आसन ग्रहण गराउँदा सुहाउने युवालाई जिम्मेवारी दिनुपर्छ’, लामाले भने, ‘केन्द्रीय सदस्य दिँदा संघर्ष गरेका युवालाई दिनुपर्छ । पैसाको आधारमा तरुण विभागको केन्द्रीय सदस्य दिइएको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया